रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रामेछाप । करिब ३० जना यात्रु बोकेर रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका २ हिलेदेविबाट काठमाडौं छुटेको बा ३ ख ८३९६ न को यात्रुबाहक बस लुभुघाटनजिकै मंगलबार दुर्घटना हुँदा ४ जना महिला र ५ जना पुरुषको ज्यान गएको छ ।
मृतकहरुको पहिचान खुलेको छैन । बसमा ल्याइएका खसीबोकाहरु पनि दुर्घटनामा मरेका छन् । घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल ल्याइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया