प्रधानमन्त्रीले सरकार चलाउन नसकेको भन्दै बेलायतका स्वास्थ्य र अर्थमन्त्रीले दिए राजीनामा
लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बेलायती सरकार आफ्नो क्षमताअनुसार चल्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् ।
राजीनामाको घोषणा गर्दै ऋषि सुनकले भनेका छन्, ‘सरकारले आफ्नो क्षमता र गम्भीरताका साथ राम्ररी चल्नुपर्छ भन्ने जनताको अपेक्षा एकदम सही छ । यी मापदण्डहरूको लागि लड्नुपर्छ भन्ने मलाई लाग्छ । त्यही भएर राजीनामा दिने निर्णय गरेको छु ।’
सुनकले भने, ‘हाम्रो देशले निकै ठूलो चुनौती सामना गरिरहेको छ ।’
सुनकबाहेक बोरिस जोनसन सरकारका स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजीनामा दिएका छन् । जावेदले भने, ‘बोरिस जोनसनले राष्ट्रिय हितमा सरकार चलाउने क्षमता गुमाए भन्ने उनलाई लाग्दैन । अब उनी यो सरकारमा काम गर्न सक्दैनन् ।’ उनले देशको हितमा सरकार चलाउने जोनसनको क्षमताबाट धेरै सांसद र जनताले विश्वास गुमाएको बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया