तामाको भाँडामा पानी कति घण्टासम्म राख्ने ?

काठमाडाैं । सामान्यतया तामाको भाँडामा पानी राख्नु राम्रो मानिन्छ । हामी सबैले सुनेका छौं तामाको भाडामा राखेको पानी खाँदा स्वास्थ्य राम्रो हुन्छ । तर यसको सही प्रयोग भने जरुरी हुन्छ ।
तामाको भाँडामा लामो समयसम्म पानी राख्न उचित हुँदैन । तामाको भाँडामा पानी १० देखि १२ घण्टाभन्दा बढी राख्नु हुँदैन । यसमा सावधानी अपनाउन जरुरी हुन्छ ।
तामाको भाँडा पानी पिउनु जति लाभदायिक हुन्छ त्यसको गलत प्रयोग पनि त्यति नै स्वास्थ्यमा हानी गर्छ । स्वास्थ्य विज्ञहरुका अनुसार कपर शरीरको लागि फाइदाजनक हुन्छ तर धेरै मात्रामा कपर लिनु हानिकारक पनि हुन्छ ।
विशेष गरी पाचन प्रक्रियामा कपर धेरै फाइदाजनक मानिन्छ । कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले तामाको भाँडामा राखेको पानी खाएमा फाइदा पुग्छ ।
सामान्य मानिसलाई ०.९० मिलीग्राम कपर जरुरत पर्छ । यदि कसैले ३ ग्रामभन्दा बढी कपर लिनेलाई मुटुको समस्या देखिन्छ । योबाहेक कसैलाई आन्द्रामा अल्सरेटिभ कोलाइटिसको समस्या छ भने उनीहरुले पनि तामाको भाँडामा लामोसमयसम्म राखेको पानी खानु हुँदैन ।
कपरले शरीरमा पाचन प्रक्रिया सही तरिकाले गराउँछ । तर हाम्रो शरीरले आफैंले कपर बनाउन सक्दैन । यसकारण हामी च्याउ, काजु, तिल, बदाम, चिया सिड,एवोकाडो, किसमिस खानाले शरीरमा यसको अभाव पूरा हुन्छ ।
तामामा भएको एन्टी इन्फ्लेमेटरी गुणका कारण यसमा राखेको पानी पिउनाले शरीर सुन्निने, दुख्ने जस्ता समस्या हुँदैन । यसले पेटको समस्या पनि समाधान हुन्छ । ग्यास, कब्जियत, पेटको दुखाइ, आदि समस्या भएका मानिसलाई पनि यसले फाइदा गर्छ ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया