थप ११३ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ जनामा कोरोना परीक्षण गर्दा थप ११३ जना संक्रमित भएका हुन् । त्यस्तै गत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार ९० जना संक्रमित भएका थिए । पछिल्लाे केही दिनमा नेपालमा काेराेना भाइरस संक्रमणकाे दर निरन्तर बढिरहेकाे छ ।
यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५७५ पुगेको छ । जुन कुल संक्रमितको ९८.७ प्रतिशत हो । बुधबार कसैको पनि मृत्यु भएको छैन ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार ४७१ जना सक्रिय संक्रमित रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया