नेपालमा दुई जनामा ओमिक्रोनको अर्को भेरिएन्ट भेटियो

काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङमा दुई वटा नमुनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।
संक्रमितको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार प्राप्त ३२ नमुनामध्ये २ वटामा ‘बीए फाइभ’ पुष्टि भएको हो । अन्य बाँकी २८ वटा नमुनामा बीए २ र दुई वटामा बीए १ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया