नेपालमा दुई जनामा ओमिक्रोनको अर्को भेरिएन्ट भेटियो
काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङमा दुई वटा नमुनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।
संक्रमितको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार प्राप्त ३२ नमुनामध्ये २ वटामा ‘बीए फाइभ’ पुष्टि भएको हो । अन्य बाँकी २८ वटा नमुनामा बीए २ र दुई वटामा बीए १ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया