तेस्रो डिभिजनको थाइ क्लबसँग एनआरटीको फराकिलो हार
काठमाडौं । नेपालको ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको सी डिभिजन क्लबसँग फराकिलो अन्तरले पराजित भएको छ ।
थाइल्याण्ड भ्रमणमा रहेको एनआरटीले बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा तेस्रो डिभिजनको थाइ क्लब कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ गोल अन्तरले पराजित भएको हो ।
नेपाली टोलीका लागि संजोक राई र स्टेफन समिरले एक–एक गोल फर्काएका थिए ।
एनआरटीले अब दोस्रो मैत्रीपूर्णमा चोनबुरी एफसीसँग आइतबार खेल्नेछ । एनआरटी प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको हो ।
त्यस्तै एनआरटीले अर्को बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टिवाइटी) कप खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटी पराजित भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया