तेस्रो डिभिजनको थाइ क्लबसँग एनआरटीको फराकिलो हार
काठमाडौं । नेपालको ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको सी डिभिजन क्लबसँग फराकिलो अन्तरले पराजित भएको छ ।
थाइल्याण्ड भ्रमणमा रहेको एनआरटीले बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा तेस्रो डिभिजनको थाइ क्लब कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ गोल अन्तरले पराजित भएको हो ।
नेपाली टोलीका लागि संजोक राई र स्टेफन समिरले एक–एक गोल फर्काएका थिए ।
एनआरटीले अब दोस्रो मैत्रीपूर्णमा चोनबुरी एफसीसँग आइतबार खेल्नेछ । एनआरटी प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको हो ।
त्यस्तै एनआरटीले अर्को बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टिवाइटी) कप खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटी पराजित भएको थियो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया