सङ्खुवासभामा डेङ्गुबाट एकको मृत्यु
किमाथाङ्का । सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा मृत्यु भएको हो । न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेङ्गु पुष्टि भएको थियो । न्यौपानेलाई डेङ्गुसँगै निमोनिया पनि देखिएको थियो । जिल्लामा यस वर्ष २२ डेङ्गु सङ्क्रमित भेटिएका छन् । गत वर्ष सङ्खुवासभामा ६९ डेङ्गु सङ्क्रमित भेटिएका थिए । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया