एसियाका यी देशमा बढ्न थाले कोरोनाका बिरामी
काठमाडौं (एजेन्सी) । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ ।
भारतमा एकै दिन १८ हजार ९३० संक्रमित थपिएका छन् । दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
चौबीस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ३०५ को मृत्यु भएको छ ।
हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १४ हजार ६५० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया