NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भातृ संस्थाको विधानलाई अन्तिम रूप दिन कांग्रेसले गृहकार्य थाल्यो, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले भातृ संगठनको विधानलाई अन्तिम रूप दिने गरी गृहकार्य थालेको छ ।

यसै विषयमा छलफल गर्न उपसभापति पूर्णबहादुर खड्काले आइतबार दिउँसो पदाधिकारीको बैठक बोलाएका छन् । केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने जानकारी दिए । बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी नहुने पौडेलले जानकारी दिएका छन् ।

आजको बैठकमा एनपी साउदको नेतृत्वको समितिले तयार गरेको भातृ तथा सुवेच्छुक संस्थाहरूको विधान प्रतिवेदनबारे छलफल गरी अन्तिर रूप दिनेछ ।

कांग्रेसमा नेविसंघ र दलित संघको विधान टुंगो लागेपनि अन्य संस्थाको बाँकी छ । फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले १० वटा भातृ संस्था भंग गरेको थियो ।