नेप्सेमा पहिरो, २ अर्ब ३२ करोडको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७७.०१ अंकले ओरालो लागेर १९१५.६१ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १३.०३ अंकले ओरालो लागेर ३६६.८६ मा ओर्लेको छ ।
सोमबार कूल २२७ कम्पनीका ६३ लाख १३ हजार ६४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रूपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै सेयर मूल्य घटेको छ । जसमा सबैभन्दा बढी व्पापारको ५.७८ अंकले घटेको छ । त्यस्तै बैंकिङ २.७७, होटल तथा पर्यटन २.१८, विकास बैंक ४.४५, जलविद्युत ५.१९, वित्त ५.७३, नीर्जीवन बीमा कम्पनी ४.५१, उत्पादन ३.३१, अन्य ४.७४, लघुवित्त ४.३, जीवन बीमा कम्पनी ४.५४, सामूहिक लगानी कोष २.४४ र लगानी ४.३१ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४८९रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एसिया बैंक ८ करोड ७१ लाख ४५ हजार, अपर तामाकोसी हाइड्रत्रपावर ८ करोड ४१ लाख ३५ हजार, एसियन लाइफ इन्सुरेन्स ८ करोड १७ लाख ५६ हजार ३६ हजार र नेपाल लाइफ इन्स्योरेन्स ७ करोड ५१ लाख १६ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ओरालो लागेको बजारमा सानिमा डिभेञ्चरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै बिअके डिभेञ्चर १.९, गुडवील फाइनान्स डिभेञ्चर १.९५, मेगा म्युचल फण्ड ०.५२ र सोल्टी होटलका लगानीकर्ताले ०.५१ प्रतिशतले कमाए ।
यस्तै, ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए । यसबाहेक किसान लघुवित्त ९.१५, ग्लोबल अइएमइ सम्मुनत ९.१४, हिमालयन पावर ९.०९ र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.०३ प्रतिशतले गुमाए ।
प्रतिक्रिया