सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई महानगरद्वारा २५ हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना लिएको छ । महानगरका मेयर बालेन्द्र शाहले फेसबुकमा जरिवाना लिएको सूचना राख्दै सो कुरा जानकारी गराएका हुन् ।
काठमाडौंको धोबीखोलामा आइतबार र सोमबार फोहर फालिरहेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । शाहले उक्त सार्वजनिक भएका फोटो तथा भिडियोका आधारमा छानविन गरी कम्पनीलाई नियम अनुसार जरिवाना तिराएको बताएका छन् ।
साथै उनले फोटो तथा भिडियो सार्वजनिक गरिएकोमा धन्यवाद व्यक्त गदै आगामी दिनमा पनि यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया