NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

चीनसम्बद्ध आयोजनालाई भारतद्वारा विस्फोटक पदार्थ रोक

काठमाडौं । नेपालस्थित चिनियाँ लगानीकर्ता र ठेकेदार जोडिएका आयोजनामा भारतले विस्फोटक पदार्थ दिन छाडेको छ । सडक, जलविद्युत, तथा सुरुङ आयोजना निर्माणका क्रममा प्रयोग हुने विस्फोटक सामग्री नआउँदा केही आयोजनाका काम रोकिने अवस्थामा पुगेका छन् ।

विस्फोटक सामग्री नपाउँदा धेरै जलविद्युत् र सडक आयोजनाका काम प्रभावित भएका छन् । मध्यतमोर, रसुवा भोटेकोसी, सान्जेन खोला र नीलगिरि जलविद्युत्ु आयोजनाको काममा बढी असर परेको छ । चीनको सीमानजिक भएका कारण किमाथांक जलविद्युत् आयोजनामा पनि भारतले विस्फोटक पदार्थ दिन आनाकानी गरिरहेको छ ।

भारत सरकारअन्तर्गत पेट्रोलियम तथा सुरक्षा संगठनले गत अप्रिल १३ मा नेपालका सम्बन्धित निकायलाई पत्राचार गर्दै विस्फोटक सामग्रीमा रोक लगाएको जनाएको थियो । त्यसको एक सातापछि अप्रिल १९ निर्यात खुला गरिएको जानकारीसहित भारतले अर्को पत्र पठायो । तर त्यसयता सहज आपूर्ति हुन नसकेको विस्फोटक आपूर्तिकर्ता र विकास आयोजना प्रवद्र्धकको भनाइ छ ।

‘विस्फोटक सामग्री आयात गर्न भारतीय दूतावासले आपूर्तिकर्तालाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने गरेको थियो । अहिले नयाँ एनओसी वितरण र पुरानो नवीकरण दुवैमा दूतावासले अल्झाउने गरेको छ । मुख्य गरी चिनियाँ लगानी, चिनियाँ ठेकेदार र कामदार जोडिएका आयोजनामा विस्फोटक पदार्थ रोकेको जस्तो देखिन्छ,’ ब्रह्मायणी हाइड्रो प्रालिका अध्यक्ष भरत पराजुलीले भने, अहिले केही आयोजनामा मात्रै समस्या छ । यही अवस्था रहे एक–दुई महिनाभित्र अधिकां विकास आयोजनाको काम रोकिने देखिन्छ ।

विस्फोटक किन्नका लागि यस्तो एनओसी प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्छ । तर पछिल्ला तीन महिनादेखि नयाँ एनओसी दिने र पुरानो नवीकरण भारतीय दूतावासले रोकेको आपूर्तिकर्ताको भनाइ रहेको कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष