बागलुङमा डेङ्गु भेटियो

बागलुङ । जिल्लामा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेङ्गु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
वर्षात्का कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया