कटहरसँगै दुध खानु हानिकारक
काठमाडौं । केही व्यक्तिको तरकारीसँग दुध, दहि तथा अन्य खानेकुरा मिसाएर खाने बानी हुन्छ । तर यस्तो गर्नु शरीरका लागि घातक मानिन्छ । कुनै तरकारी यस्ता हुन्छन्, त्यहाँ अन्य पदार्थ मिसाउँदा त्यसले नकारात्मक प्रभाव पार्छ ।
त्योमध्ये कटहर एक हो । आयुर्वेदमा कटहरसँग दुधजन्य पदार्थ खाँदा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ । कटहरको तरकारीसँग दुध तथा डेरीका पदार्थ खाँदा छालाको संक्रमण हुन्छ ।
साथै, यसले पित्त तथा कफको समस्या निम्त्याउँछ । त्यस्तै कटहर र भिन्डीको तरकारी एक साथ मिलाएर खानु हुँदैन, यसले पेटमा समस्या ल्याउँछ ।
कटहर फाइबरले भरीपुर्ण हुन्छ । त्यसैले धेरै मात्रामा यो खाँदा पेटमा समस्या आउँछ । चिकित्सकका अनुसार डाइबिटिज भएका व्यक्तिले कटहर कम खानु राम्रो मानिन्छ । किनकि यसले ग्लुकोजको स्तरमा प्रभाव पार्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया