कर्मचारीले कति पाउँछन् विदेश भ्रमण भत्ता ?

काठमाडौं । विदेश भ्रमणमा जाने कर्मचारीलाई सरकारले डलरमा दैनिक भत्ता दिने गरेको छ । यस्तो भत्ता कर्मचारीको तहअनुसार दिने गरिन्छ ।
अतिविशिष्टले २५०, विशिष्टले २२५, सहसचिवले १७५, उपसचिवले १५० र शाखा अधिकृतले दैनिक १०० अमेरिकी डलर भत्ता पाउँछन् ।
युरोपेली मुलुक, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान र बहराइनका हकमा यो दरमा ३३ प्रतिशत थप भत्ता पाउने व्यवस्था छ । त्यस्तै भारतको चेन्नई, हैदरावाद, बैंग्लोर, मुम्बई, दिल्ली, कोलकता र बंगलादेशको चाटगाउँबाहेक अन्य स्थानमा रात बिताउनुपर्दा पूरा रकमको ५० प्रतिशत मात्र भत्ता सुविधा पाउने व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया