कर्मचारीले कति पाउँछन् विदेश भ्रमण भत्ता ?
काठमाडौं । विदेश भ्रमणमा जाने कर्मचारीलाई सरकारले डलरमा दैनिक भत्ता दिने गरेको छ । यस्तो भत्ता कर्मचारीको तहअनुसार दिने गरिन्छ ।
अतिविशिष्टले २५०, विशिष्टले २२५, सहसचिवले १७५, उपसचिवले १५० र शाखा अधिकृतले दैनिक १०० अमेरिकी डलर भत्ता पाउँछन् ।
युरोपेली मुलुक, अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान र बहराइनका हकमा यो दरमा ३३ प्रतिशत थप भत्ता पाउने व्यवस्था छ । त्यस्तै भारतको चेन्नई, हैदरावाद, बैंग्लोर, मुम्बई, दिल्ली, कोलकता र बंगलादेशको चाटगाउँबाहेक अन्य स्थानमा रात बिताउनुपर्दा पूरा रकमको ५० प्रतिशत मात्र भत्ता सुविधा पाउने व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया