NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते
उपभोक्ताको मन जित्दै आइटिपिएफका उत्पादन

इन्टर टेक ग्रुप अफ कम्पनी : युएनको जागिर त्यागेर बाबुले जन्माए, फुलाउँदैछन् पुत्रहरू

काठमाडौं । व्यापार–व्यवसाय अग्रवालहरूको खानादानी पेसा । त्यो समय इन्जिनियर रतनलाल अग्रवाल भने त्यसबाट पृथक भएर जागिरतर्फ आकर्षित भए । तर त्यो कुनै मामुली संस्थामा होइन, युनाइटेड नेसन (यूएन) मा ।

जागिर आकर्षक थियो । पैसा पनि थियो, प्रतिष्ठा पनि । औसत मान्छेका लागि यो सफलता पुगिसरी थियो । असन्तोष पालेर सायदै दायाँबायाँ सोच्ने लेठो गथ्र्यो । तर रतनलाललाई युएनको त्यो ‘ऐश्वर्य’ जागिर प्राप्त हुँदाहुँदै पनि कत्ति चैन मिलेन । सायद रतनलाललाई जागिरको परिधिमा खुम्चिएर बस्नु परेकोमा आफैंसँग गुनासो थियो । जङ चलेको थियो ।

जब मान्छे आफैंभित्र उकुसमुकुस हुन्छ, द्वन्द्वको हुण्डरीले बिथोलिन्छ, त्यसले स्वाभाविक निकास खोज्छ, बिस्यारीले थुनिएको नदीले बाटो बनाएजस्तै । युएनको जागिरे रहँदा–रहँदै पलाएको त्यही असन्तोषको आभाले ४५ वर्षअघि जन्मिएको थियो, इन्टर टेक ग्रुप अफ कम्पनी । जुन अहिले अनेक हाँगाबिगा हालेर फक्रिरहेको छ ।

इन्टर टेक ग्रुप अफ कम्पनी र यसअन्तर्गतका कम्पनीका उत्पादन उपभोक्ताले खुबै रुचाएका छन् । यो कम्पनीको पिपिआर पाइपको स्थान त निकै धेरै माथि छ । युएनका असन्तोषी जागिरे जग हालेको संस्थाले अहिले तरक्की नै तरक्की गरेको छ । सानदार ढंगले देशकै प्रतिष्ठित उद्योगको स्थान कायम गरेको छ । तर यो स्थानमा आउन इन्टर टेक ग्रुप अफ र यसका भगिनी कम्पनी सरल रेखाकै यात्रामार्फत आइपुगेका भने होइनन् । यो दौरान उसले संघर्षरूपी पहाडको चुचुरा नै चुचुरा छिचोलेको छ ।

टर्वाइन्सले हालेको जग

०३५ सालमा बुटवलमा रतनलालले उद्योग सुरु गर्दा बजार साँघुरो थियो । वस्तु उत्पादनदेखि बजार पु-याउँदासम्म गौंडा–गौंडामा चुनौतीहरू ठोक्किन आइपुग्थे । तर रतनलालसँग चुनौती अघिल्तिर निरीह बनेर मौन बस्ने सुविधा थिएन । उनी पोखरीमा फाल हानिसकेका थिए । त्यतिबेला उनीसामु मात्र दुई विकल्प खडा थिए–पहिलो, पोखरीमा डुब्ने, अर्को पौडिने । सम्भावनाका क्षीतिज उघार्ने जोदाहा अनि स्वप्दर्शी रतनलाल पहिलो विकल्पमा जाने कुरै भएन । उनले दोस्रो बाटो रोजे ।

जब मान्छे आफैंभित्र उकुसमुकुस हुन्छ, द्वन्द्वको हुण्डरीले बिथोलिन्छ, त्यसले स्वाभाविक निकास खोज्छ, बिस्यारीले थुनिएको नदीले बाटो बनाएजस्तै । युएनको जागिरे रहँदा–रहँदै पलाएको त्यही असन्तोषको आभाले ४५ वर्षअघि जन्मिएको थियो, इन्टर टेक ग्रुप अफ कम्पनी । जुन अहिले अनेक हाँगाबिगा हालेर फक्रिरहेको छ ।

हाइड्रोपावर प्रोजेक्ट, सोलार प्यानलका लागि टर्वाइन्स आवश्यक हुन्थ्यो । तर नेपालमा त्यसको खासै उत्पादन थिएन । इन्जिनियर रतनलालको आँखा त्यसमा परिहाल्यो । उनले त्यसको उत्पादन गर्ने निधो गरे । ४५ वर्षे इन्टर टेक ग्रुप अफ कम्पनीले नेपाली उद्योग क्षेत्रमा हालेको यो पहिलो इँटा थियो । कम्पनीका निर्देशक रतनलालपुत्र विनीतका अनुसार, प्रारम्भमा टर्वाइन्सको माग करिब शून्यकै हाराहारीमा थियो । बजार थिएन ।

उद्योगको उत्पादनले बजार नपाएपछि लय समात्ने कुरा थिएन । यस्तो बेला विकल्पमा जानुपर्ने हुन्थ्यो । विनीत चुनौतीको तत्कालीन सागर तर्न इन्टर टेक ग्रुप अफ कम्पनीले स्टिल फेब्रिकेसन र ग्यालभेनाइजेसनको उत्पादन सुरु गरेको बताउँछन् । विनीत विस्तारित आफ्नो कम्पनीले सस्पेन्सिन र ससपेन्डिट ब्रिज पार्ट, टिभी टावर, वयल ट्यांक्स, एफएम टावर, इलेक्ट्कि टुल्स उत्पादन गरिरहेको सुनाउँछन् ।

उनी पोखरीमा फाल हानिसकेका थिए । त्यतिबेला उनीसामु मात्र दुई विकल्प खडा थिए–पहिलो, पोखरीमा डुब्ने, अर्को पौडिने । सम्भावनाका क्षीतिज उघार्ने जोदाहा अनि स्वप्दर्शी रतनलाल पहिलो विकल्पमा जाने कुरै भएन । उनले दोस्रो बाटो रोजे ।

पिपिआर पाइप

हामीले घर, विद्यालय, अस्पताल, सरकारी ठूला–ठूला भवनहरुमा पिपिआर पाइप र फिटिंग्स जडान भएको हामी देख्न सक्छौं । यसले अधिकांश उपभोक्ताको रोजाइमा पिपिआर परेको देखाउँछ । पिपिआरले आजको मितिमा आइपुग्दा त्यसभन्दा पहिले बजारमा स्थापित पाइप र फिटिंग्सलाई विस्थापित गर्दै आफूलाई स्थापित गर्दै अघि बढिरहेको छ ।

पहिले ग्यालभानाइज्ड पाइप (जिआई) को बजार थियो, अहिले त्यो विस्थापित भइसकेको छ । जिआइलगायत अरू पाइपलाई पछि पार्दै पिपिआरले आफ्नो बजार विस्तार गरेको छ । नेपालमा जिआइलगायत पाइपलाई विस्थापित गर्दै पिपिआर स्थापित गराउने जस इन्टर टेक पाइप एण्ड फिटिंग्स (आइटिपिएफ) लाई जान्छ । इन्टर टेक ग्रुपअफ कम्पनीअन्तर्गत सञ्चालित कम्पनीमध्ये एक इन्टर टेक पाइप एण्ड फिटिंग्स (आइटिपिएफ) ।

विनीत कम्पनीले यो पाइपको साम्राज्य खडा गर्नुको पनि छुट्टै कथा छ । त्यतिबेला निर्देशक अग्रवाल र उनका दाजु एमबिए अध्ययनरत थिए । विषय थियो, पाइप र फिटिंग्स । ‘नेपाल र भारतका बजार हेरेर हामीले पाइप र फिटिंग्स बजार अध्ययन सुरु ग-यौ,’ उनले विगत सम्झिए, ‘यसैबीच हामीले ०६५ सालमा आइटिपिएफ ब्राण्डमा पिपिआर पाइप र फिटिंग्स उत्पादन ग-यौँ ।’

आइटिपिएफको पिपिआर पाइप बजारमा आउनुपूर्व नै अरू दुई कम्पनीको दबदबा थियो । तर विनीत दाजुभाइ आफ्नो कम्पनीले उत्पादन गर्न लागेको पिपिआर पाइपले प्रतिस्पर्धीलाई विस्थापित गरेर बजार हत्याउनेमा विश्वस्त थिए । उनीहरूलाई यति धेरै आत्मविश्वासी चाहिँ नयाँ टेक्नोलोजीले दिएको रहेछ । जुन नेपालमा भित्रिएकै थिएन र उनीहरू अभ्यास गर्नेवाला थिए ।

‘त्यतिबेला बजारमा अरू दुई कम्पनीका पिपिआर पाइप थिए । तर हामीले ल्याएको टेक्नोलोजी तिनीहरूको भन्दा फरक थियो । हामीले अपग्रेडेड प्रविधियुक्त ३ लेयर पिपिआर पाइप र फिटिंग्स ल्यायौं,’ प्रतिस्पर्धीलाई पाखा लगाउन उतिबेला पलाएको आत्मविश्वासको पोयो फुकाउँदै अग्रवालले सुनाए ।

पिपिआरपछि एचडिपिई, पिभिसी र सिभिसी

पाइप क्षेत्रमा एउटा मात्रै प्रोडक्ट उत्पादन गरेर हुने अवस्था थिएन । बजारशास्त्रको किताब राम्रोसँग पढेका अग्रवाल दाजुभाइले यो मामुली विषय नबुझ्ने कुरै थिएन । त्यसैले उनीहरू पिपिआर मात्रै बजारमा ल्याएर चित्त बुझाएर बस्न सकेनन् । हरेक क्षेत्रका उपभोक्ताले खोजेको पाइपको माग पूरा गर्ने चाहनाले एचडिपिई, पिभिसी र सिभिसीको उत्पादन थालेको विनीतले खुलाए ।

उनका अनुसार, यो निष्कर्षमा पुग्नुपूर्व दाजुभाइले कर्मसिएल भवन, बिल्डिङ, अस्पतालजस्ता क्षेत्रमा उपयोगी हुने पाइपबारे अध्ययन गरेका थिए । त्यही अध्ययनपछि एचडिपिई पाइपको उत्पादन आइटिपिएफले थालेको थियो ।

आइटिपिएफले एउटा नयाँ उत्पादन ल्याएर कहिल्यै विश्राम लिएन । बजारमा निरन्तर नयाँ–नयाँ उत्पादन पस्किरह्यो । एचडिपिई पाइपपछि कम्पनीले पिभिसी , पिभिसीपछि फिटिग्सको उत्पादन थालेको छ । प्रोडक्ट रेञ्ज दिनकै लागि एचडिपिई बजारमा ल्याएको अग्रवालले बताए । ‘हामीले बजारमा एचडिपिई ल्याउनुको कारण घरमा लाग्ने वाटर सप्लाईको लागि र ड्रेनेजको लागि हो,’ उनले थपे, ‘ड्रेनेजको लागि एचडिपिई र वाटर सप्लाईको लागि पिपिआर पाइप प्रयोग गरिन्छ । एउटा घरमा चाहिने सम्पूर्ण पाइप दिऊ भनेर हामीले पिभिसी पनि उत्पादन ग-यौं ।’

जब जब आइटिपिएफको उत्पादन बढ्यो, उसैगरी बजार पनि तन्किँदै गयो । उसका अरू सहायक उद्योगहरू स्थापना हुँदै गए । त्यसै क्रममा आइटिपिएफले अर्को नयाँ टेक्नोलोजी सिपिभिसी पाइर र फिटिंग्स उत्पादन ग-यो । सिपिभिसी पाइप र फिटिंग्स बजारमा आउँदा कम्पनीलाई पिपिआर पाइपको बजार खस्किन्छ कि भन्ने डर थियो । यो त्रास पलाउनु स्वाभाविक थियो, किनभने, सिपिभिसी र पिपिआर एकअर्काको परिपूरक थिए । ‘सिपिभिसी र पिपिआर एक अर्काको परिपूरक उत्पादन हो । कि त सिपिभिसी लाग्छ, कि त पिपिआर । हामीलाई सिपिपिसी ल्याउँदा पिपिआरको बजार खस्किन्छ कि भन्ने डर थियो र हामीले अध्ययन गर्न थाल्यौं,’ विनीत मुस्कुराए ।

त्यतिबेला भारत र चीनबाट धेरै मात्रामा सिपिभिसी पाइप र फिटिंग्स आयात हुन थालेको थियो । त्यसरी धेरै मात्रामा विदेशी उत्पादन नेपालमा आयात भएर बिक्री भइरहँदा आफ्नै कम्पनीले उत्पादन गरेर दियो भने बजार थप विस्तार हुने ठानेर अघि बढेको विनीत सुनाउँछन् । ‘भारत र चीनबाट सिपिभिसी पाइप र फिटिंग्स आयात भइरहँदा हामीले के सोच्यौ भने, जुन हाम्रो उपभोक्ता छन्, जसलाई हामीले पिपिआर बेचिरहेका छौँ, तिनीहरुलाई अर्को कम्पनीको या आयातीत सिपिभिसी प्रयोग गर्न किन दिने ? हामीले नै उत्पादन गरेर उपभोक्तालाई दियौं भने कम्तीमा बजार विस्तार त हुन्छ ।’

नियतिले चुडेको दाजुको त्यो सपना

अध्ययन सकाएर फर्किएपछि विनीतका दाजुले प्लाष्टिकका उत्पादन वृद्धि गर्ने सोच बनाए । त्यसैअनुरूप त्रिपाल पोलिवुभन, ननवुभन र जुट ब्यागको उत्पादन गरिएको थियो । विनीतका अनुसार, उनका दाजु पाइपका अन्य उत्पादन पनि बजारमा पु-याएर योगदान गर्ने सोचमा थिए । तर नियतिले उनको त्यो सपना पूरा हुन दिएन । सवारी दुर्घटनामा परी उनका जेठा दाजु परलोक भए ।

‘अध्ययन सकाएर फर्किएपछि दाजुले प्लाष्टिकको उत्पादन विस्तार गर्नुभएको थियो । उसैगरी पाइपमा पनि योगदान गर्न चाहनुहुन्थ्यो । तर सवारी दुर्घटनामा परी उहाँ सधैंका लागि हामीलाई छाडेर जानुभयो,’ सफलताका प्याचजस्ता पत्र उप्काउँदा उप्काउँदै निस्किएको यो यो वियोगको प्रसंगले विनीत एकाएक भावुक बने ।
जेठा दाजुको मृत्युपछि भने विनीतलाई माइला दाजुले साथ दिए । जो त्यसपहिले जागिरे थिए ।

आउँदै नयाँ उत्पादन

आइटिएफ उपभोक्ता र बजारको मागप्रति सचेत छ । त्यसैले उसका उत्पादनहरू एकपछि अर्को बजारमा आइरहेका छन् ।
निर्देशक अग्रवाल आइटिपिएफले बजारमा नयाँ प्रडक्ट गार्डेन पाइप ल्याउने तयारीमा लागेको सुनाउँछन् । उनका अनुसार, यसको उत्पादन सुरु भएर ट्रायल प्रोडक्सन भइरहेको छ ।

मूल्यमा होइन गुणस्तरमा केन्द्रित

आइटिपिएफले आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको अग्रवालको भनाइ छ । उनका अनुसार, आइटिपिएफको मुख्य माइलस्टोन भनेका सबै पाइप र फिटिंग्स एनएस सर्टिफाइट हो ।

‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो । ग्राहकले कम्पनीको ब्राण्ड भ्यालु क्वालिटीले चिनोस् भनेर त्यही हिसाबले प्रोडक्ट एनएस सर्टिफाइट गरेका छौं,’ उनले एक श्वासमा कम्पनीको भावी योजना सुनाए ।

एचडिपिई नेपालसँगै अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पाइप हो । यसको अधिक माग सरकारी क्षेत्रमा छ । ‘पहिलेदेखि नै हाम्रो सरकारी टेन्डरबेसमा काम थियो । सस्पेन्डिेट ब्रिजलगायत जति पनि उत्पादन सरकारी टेन्डरमै केन्द्रित थियो । त्यसैले हामील एचडिपिई उत्पादन ग-यौ,’ विनीतले एचडिपिई उत्पादनको कारण खोल्दै नेपालवाचसँग भने ।

आइटिपिएफको सुरुवाती बजार र चुनौती

कुनै कम्पनीले बजारमा नयाँ प्रडक्ट ल्याउँदा गा¥हो हुन्छ नै । साथै चुनौतीको सामना पनि गर्नुपर्ने हुन्छ । सुरुवातमा कम्पनीले पाइप उत्पादन गर्दै गर्दा प्लम्बर सन्तुष्टिको मुख्य चुनौतीको सामना गर्नुपरेको निर्देशक अग्रवाल सम्झिन्छन् । कम्पनीको नयाँ उत्पादन, पिपिआर बजारमा भर्खंरै आउँदा जिआई पाइपकै बजार थियो ।

‘आइटिपिएफले उत्पादन गरेको पिपिआरको टेक्नोलोजी, प्लास्टिक अरू कम्पनीका भन्दा फरक छ है’ भनेर बुझाउन निकै गाह्रो भएको अग्रवालको अनुभव छ । ‘प्लम्बरर्र्स, डिलर्स, व्यापारीलाई बुझाउन ठूलै मिहिनेत लागेको थियो । त्यसबारे बुझाउन हामीले उहाँहरूलाई तालिम दिनुप-यो । किन आइटिपिएफकै पिपिआर ? पिपिआरमा के छ र हामीले रोज्ने, त्यसको जोइनिङ टेक्नोलोजी के छ, लाइफ के छ, जिआई प्रयोग नगरे यो किन प्रयोग गर्ने ? यस्ता विषमा हामीले उहाँहरूलाई तालिम दिन थाल्यौं,’ उनले भने ।

अग्रवालका अनुसार कम्पनीले प्लम्बर मिट, टेक्निसिएन मिट, डिलर मिट गर्न थालेको छ । यो प्रोडक्ट किन भनेर चार्टमा कम्प्यारिजन गरेर बुझाउन थाले । त्यसरी बुझाएकै कारण आज जिआई पाइपलाई कम्पनीले विस्थापित गर्न सफल भएको र पिपिआरको बजार निकै फराकिलो बनेको अग्रवालको अनुभव छ । ‘जिआई पाइप जुन हिजो घर–घरमा प्रयोग हुन्थ्यो, त्यो आज केवल सरकारी प्रोेजेक्टमा मात्र प्रयोग हुन्छ । बाँकी कुनै पनि क्षेत्रमा प्रयोग हुँदैन । आजको बजार भनेको कि पिपिआर कि सिभिसीको हो,’ बजारको मागबारे उनले सुनाए ।

सामाजिक उत्तरदायित्ववहनमा पनि कम्पनीले आफूलाई अग्रपंक्तिमा राखेको विनीत सुनाउँछन् । त्यसका निम्ति ब्लड डोनेसनलगायत कार्यक्रम गरिरहेको उनले जानकारी दिए । ‘प्राविधिकहरूलाई निःशुल्क हजारौं हिटिङ मेसिन बाँडेका छौं । ठाउँ–ठाउँमा डिलर बोर्डहरु राखिएका छन् । टिसर्ट, पाइन्ट, आइटिपिएफको छ । ब्यागहरु प्रिन्टिङ गरेर बेच्छौँ । ब्राण्डिङका लागि हामीले ठूलो रकम खर्च गरेका छौं । विभिन्न एक्जिभिसनमा हामी सहभागी हुन्छौं । ब्राण्ड एम्बेस्डर राखेका छौं,’ उनले भने ।

अग्रवालका अनुुसार कम्पनीले आफ्नो उपस्थिति देखाउनको लागि हरेकपटक एक्जिभिसनमा सहभागी हुने गरेको छ । ‘एक्जिभिसनमा हाम्रो कुनै प्रडक्ट सेल हुँैदैन । तर हामी ग्राहक, क्लाइन्टहरूसँग भेटघाट गर्छौं,’ उनले भने, ‘त्यसमा ग्राहकले प्रोडक्टको बारेमा बुझ्ने मौका पाउँछन् । हामी टेक्निकल्ली पनि बुझाउँछौँ । त्यसबाहेक जहिल्यै पनि भाग लिन्छौं । सेलेक्टेड मिडियामा विज्ञापन दिइरहेका छौं । त्यहाँबाट पनि हाम्रो ब्राण्डको विस्तार भइरहेको छ । सुरुवातदेखि नै हामीले त्यो ट्रण्ड बसालेका छौं ।’

बजार रणनीति

कम्पनीले बजार विस्तारकै लागि कुनै पनि एरियामा च्यानल सेट गरेको अग्रवालले सुनाए । ‘हामीले एउटा एरियामा एउटा डिस्ट्रिब्युटर राखेका छौं । त्यो एरियामा कुनै पनि इन्क्वायरी त्यो डिस्टिब्युटरलाई डाइभर्ट गर्छाैँ । ताकि त्यो डिस्टिब्युटर सर्पोटिभ होस् ।’ उनका अनुसार, कम्पनीले अहिले काठमाडौंमा ७ वटा डिस्ट्रिब्युटर राखेको छ । काठमाडौंबाहिर विराटनगरमा ब्राण्ड अफिसमा पनि तीन ठाउँमा स्टक एनिटाइम राखेको छ । मुख्य अफिस रहेको बुटवल क्षेत्रमा पनि कम्पनीको डिस्ट्रिब्युटर छन् । कम्पनीको यो रणनीतिले नै मार्केट क्याप्चर गर्न सफल भएको अग्रवालको भनाइ छ । उनले भने, ‘ठाउँठाउँमा राखिएका डिस्ट्रिब्युटरलाई सर्पोट गर्ने, त्यो डिस्टिब्युटरलाई मार्केटिङ मिनिस्टर दिने, प्लम्बर मिट गराउने, स्किम दिने नीतिमा हामीले सुरुदेखि नै गरेका छौं । त्यो सक्सेस पनि भएको छ ।’

प्रतिस्पर्धी बजारमा आइटिपिएफ

इन्टर टेक ग्रुपले पाइप र फिंटिग्स दिएको १७ वर्ष भइसको छ । कम्पनीको बारेमा अग्रवाल भन्छन्, ‘आज म ढुक्कको साथ के भन्न सक्छु भने जुन प्रोडक्ट हामीले दिइराखेका छौं । त्यो नेपालका कुनै पनि पाइप उद्योग कम्पनीले दिन सकेको छैन । हामीले सबै क्षेत्रमा चाहिने पाइप दिन सफल भएको छौं ।’

उपभोक्ताले जे खोज्यो, त्यही उत्पादन दिन कम्पनी सक्षम रहेको अग्रवाल ढुक्कका साथ भन्छन्, ‘मार्केट सेयरको हिसाबले आज हामीलाई कसैले सिपिभीसी चाहियो, भने आइटिपिएफसँग छ, पिपिआर चाहियो भने आइटिपिएफसँग छ, जुन प्रोडक्ट एउटा व्यापारीको हिसाबले, ग्राहकको हिसाबले वा टेक्निसिएनको हिसाबले खोज्छ, त्यो हामीसँग छ ।’

आइटिपिएफको बजार देशभर विस्तार भइसकेको छ । अग्रवालका अनुसार कम्पनीले देशभरि मार्केटिङ टिम खटाएको छ । क्षेत्रगत कम्पनीले सेल्स टिम खटाएको छ । कुनै पनि मार्केटमा गुनासो आउनेबित्तिकै कम्पनलिे तुरुन्तै सेवा दिने गरेको अग्रवालले जानकारी दिए । गुनासो आउँदा कम्पनी साधारण प्लम्बरलाई नखटाएर कम्पनीकै अथोराइज टेक्निसिएनलाई पठाउने गर्छ ।

नेपालमा कच्चा पदार्थ उत्पादन असम्भव

नेपालमा जति पनि पाइप उत्पादन हुने गर्छ, त्यसमा प्रयोग हुने कच्चा पदार्थ विदेशबाट आयात हुँदै आएको छ । सम्पूर्ण कच्चा पदार्थ भारत, चीनलगायत अन्य मूलुकबाट आयात हुन्छ । नेपालमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने अवस्था नभएको अग्रवालले स्पष्ट पारे ।

‘नेपालको कच्चा पदार्थ भनेकै बिजुली पानी र जनशक्ति मात्रै हो । त्यसबाहेक कुनै पनि कच्चा पदार्थ नेपालमा पाइँदैन । नेपालमा कच्चा पदार्थ उत्पादन सम्भव पनि छैन । पाइपको लागि चाहिने कच्चा पदार्थ पेट्रोलियम बेसबाट उत्पादन हुन्छ ।’

पिपिआर ३ लेयर पाइप र विशेषता

जिआई पिपिआर र सिपिभिसीबीच तुलना गर्ने हो भने जिआई विस्थापित भइसकेको छ । पिपिआर खिया नलाग्ने र शत प्रतिशत लिक प्रुफयुक्त छ । यसमा लेउ जम्दैन र पानी जुन अवस्थामा पास भइरहन्छ । कुनै पनि तरल पदार्थ त्यही अवस्थामा त्यसको कम्पोजिसन परिवर्तन हुँदैन । त्यसको प्रोपट्र्री परिवर्तन हुँदैन । त्यो सबैभन्दा फाइदाजनक कुरा हो ।

तीन लेयरको आ–आफ्नो विशेषता छ । निर्देशक अग्रवालका अनुसार कम्पनीले नेपालको वातावरणअनुकूल पिपिआर पाइप बजारमा उपलब्ध गराएको छ । अत्यन्तै गर्मी ठाउँमा होस् या चिसो, पिपिआर पाइप फिटिंग्स उपयुक्त हुने उनको भनाइ छ । वातावरणअनुकल पिपिआर पाइप उपभोक्तालाई दिनमा र पिपिआरलाई स्थापित गराउनमा उनको मात्रै हात नभएर आफ्नो दाजुको उत्तिकै भूमिका रहेको उनले सुनाए ।

‘पिपिआरको ब्राण्ड स्थापित गर्न र प्रोडक्ट क्वालिटीलाई मेन्टेन गर्ने हिसाबले हामी दुबै दाजुभाइ लागि प-यौं । आज मार्केट विस्तार भएको छ र हामी सफल पनि भएका छौं,’ उनले भने । पिपिआर पाइप ट्रान्सपोर्टेसनमा एकदमै सजिलो पहाडी भेगमा जहाँ पनि जान सकिन्छ । पिपिआर १६ सेन्टिमिटरदेखि ११० मिमि साइज र ४ केजी सेन्टिमिटरदेखि २० केजी प्रेसर रेटिङमा उपलब्ध हुने उनले बताए ।

उनका अनुसार मूल्यमा पिपिआर जिआईभन्दा सस्तो छ । जडान पनि जिआईभन्दा फास्ट हुने, तातो र चिसो पानी दुवैको लागि उपयुक्त हुने उनको भनाइ छ । साथै यो पाइप ५० वर्षको ग्यारेन्टी रहेको छ । ‘कुनै टेक्निसिएनले जडान गर्दा लापरबाही गर्छ भने कम्पनीको जिम्मेवारी हुँदैन । तर प्रोडक्सन भइसकेपछि त्यो प्रोडक्टको.कम्पनीले ग्यारेन्टी लिन्छ,’ उनले भने ।

पाइप खरिद गर्दा ध्यान दिनुपर्ने कुरा

निर्देशक अग्रवाल पाइप किन्दा उपभोक्ताले मूल्यमा भन्दा पनि क्वालिटीमा ध्यान दिनुपर्ने सल्लाह दिन्छन् । त्यस्तै उनी स्वदेशी उत्पादन प्रयोग गर्न सुझाव दिन्छन् । ‘घर धनी, पसले, इन्जिनियर, आर्किटेक्ट सबै मेरा लागि उपभोक्ता हुन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुुस् जति विदेशी उत्पादन छ त्यसलाई निरुत्साहित गर्नुस्,’ उनले भने, ‘हामीले यो सोच्छौँं कि नेपालको प्रोडक्ट त्यति राम्रो हुँदैन होला । तर म आज भन्छु, क्वालिटीयुक्त प्रोडक्ट यहाँ उत्पादन हुन थालिसकेको छ । त्यो आम जनताले बुझनुप¥यो ।’ यीबाहेक उपभोक्ताले सेल्सपछि पनि प्रोडक्टमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आइटिपिएफ

आइटिपिएफले कम्पनी स्थापनादेखि सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । निर्देशक अग्रवालका अनुसार समयसमयमा कम्पनीले निःशुल्क रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

त्यस्तै, भूकम्पको समयमा पनि कम्पनीले त्यसको केन्द्रबिन्दु गोरखामा गएर दाल, चामललगायत सामग्री बाँडेको थियो । कम्पनीले अहिले पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आएको छ । अग्रवालका अनुसार गोकर्णस्थित एक अपांग संस्थालाई कम्पनीले नियमित सहयोग पु-याइरहेको छ ।

उनका अनुसार मूल्यमा पिपिआर जिआईभन्दा सस्तो छ । जडान पनि जिआईभन्दा फास्ट हुने, तातो र चिसो पानी दुवैको लागि उपयुक्त हुने उनको भनाइ छ । साथै यो पाइप ५० वर्षको ग्यारेन्टी रहेको छ । ‘कुनै टेक्निसिएनले जडान गर्दा लापरबाही गर्छ भने कम्पनीको जिम्मेवारी हुँदैन । तर प्रोडक्सन भइसकेपछि त्यो प्रोडक्टको.कम्पनीले ग्यारेन्टी लिन्छ,’ उनले भने ।

यीबाहेक अर्को सामाजिक उत्तरदायित्व प्लम्बर प्राविधिकहरूलाई ५ लाख रूपैयाँ बराबरको दर्घटना बीमा कम्पनीले गरेको छ । अग्रवालले भने, ‘कुनै पनि प्राविधिक आइटिपिएफमा आएर सेट भइसकेपछि आइटिपिएफको एउटा कार्ड दिन्छौँ । त्यो आइडी जोसँग छ, उसले ५ लाख रूपैयाँ बराबरको एक वर्षको दुर्घटना बीमाको सुविधा पाउँछ ।’

ताजा अपडेट

नेपालवाच विशेष