२८ पुगे हैजाका बिरामी

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।
उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । अहिलेसम्म हैजाका बिरामीको संख्या २८ पुगेको छ ।
प्रतिक्रिया