कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठक सोमबारदेखि राजधानी काठमाडौंमा चलिरहेको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक पुनः बस्ने जानकारी दिए ।
तीन महिनापछि बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम सकिएकाे छ । बुधबार केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा राखेका थिए ।
बाेल्नेमध्ये संस्थापन पक्षकाले सभापति र सरकारको बचाउ गरिरहेका छन् भने संस्थापनइतरले कडा आलोचना र आक्रोस पोखिरहेका छन् ।
संस्थापनइटरका नेताहरूले कांग्रेस नेतृत्वमा सरकार बने पनि प्रभावकारी हुन नसकेको, बढ्दो महँगीले जनताको दैनिक जीवनयापन कठिनपूर्ण बने पनि त्यसकाे नियन्त्रणतर्फ ध्यान नदिएकाे, सुशासन खस्किएकोलगायत विषय उठाएका छन् ।
त्यसैगरी, देउवाको पार्टी सञ्चालन शैलीप्रति पनि केन्द्रीय सदस्यहरूले असन्तुष्टि पोखेका छन् । विधि र प्रक्रियाअनुरूप पार्टी सञ्चालन गर्नुपर्नेमा स्वेच्छाचारी ढंगले उनी अघि बढेकाे केन्द्रीय सदस्यहरूकाे आरोप छ ।
केन्द्रीय सदस्यको भनाइ राख्ने क्रम सकिएकाले आजको बैठकमा मन्त्रीहरूले सरकारको काम–कारबाहीबारे उठाइएका प्रश्वनको जवाफ दिने कार्यसूची छ ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया