साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाले बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।
अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।
पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ ।
ताजा अपडेट
-
‘गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन’-सञ्चार मन्त्री गुरुङ
-
अझै बस्न सकेन प्रतिनिधिसभा बैठक
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
प्रतिक्रिया