उपसभामुख निर्वाचन : मनोनयन दर्ता आज, मतदान भाेलि

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । लामो समयदेखि रिक्त उपसभामुख चयनका लागि संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै प्रक्रिया थालेको छ ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको छ । मनोनयन सकिएपछि आजै उम्मेदवारको सूची प्रकाशन गरिनेछ । निर्वाचन भने शुक्रबार दिउँसो ३ बजेका लागि तय छ ।
तत्कालीन उपसभामुख शिवमाया तुबाहाम्फेलाई तत्कालीन नेकपाले भागण्डा मिलाउन राजीनामा गराएपछि यो पद रिक्त छ । सत्तासाझेदार दलले संयुक्त उम्मेदवार अघि सार्ने तयारी गरेकाले एमालेले उम्मेदवारी दिएको खण्डमा यी दुई पक्षबीच प्रतिस्पर्धा हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया