उपसभामुख निर्वाचन : मनोनयन दर्ता आज, मतदान भाेलि
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । लामो समयदेखि रिक्त उपसभामुख चयनका लागि संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै प्रक्रिया थालेको छ ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको छ । मनोनयन सकिएपछि आजै उम्मेदवारको सूची प्रकाशन गरिनेछ । निर्वाचन भने शुक्रबार दिउँसो ३ बजेका लागि तय छ ।
तत्कालीन उपसभामुख शिवमाया तुबाहाम्फेलाई तत्कालीन नेकपाले भागण्डा मिलाउन राजीनामा गराएपछि यो पद रिक्त छ । सत्तासाझेदार दलले संयुक्त उम्मेदवार अघि सार्ने तयारी गरेकाले एमालेले उम्मेदवारी दिएको खण्डमा यी दुई पक्षबीच प्रतिस्पर्धा हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया