उपसभामुखमा पुष्पा भुषालको उम्मेदवारी दर्ता
काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उनले उम्मेदवारी दर्ता गराएकी हुन् । माओवादीका देव गुरुङ भुसालको उम्मेदवारीमा प्रस्तावक र नेकपा एसकी लक्ष्मीकुमारी चौधरी समर्थक बसेकी छिन् ।
यसअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ मा ६ गते राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त छ ।
तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ ।
यस्तै प्रमुख प्रतिपक्ष दल एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी दललाई समर्थन गर्ने भएको छ । लोसपाबाट चन्दा चौधरीलाई उम्मेदवार बनाउने चर्चा चलेसँगै उनलाई समर्थन गर्ने एमालेले जनाएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया