NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अहिले हतियार किन्ने सरकारको योजना छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले कुनै हतियार किन्ने योजना सरकारको नभएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन्न लागेको भन्दै प्रश्न उठाएका थिए ।

गोपालमान श्रेष्ठ र अर्जुनरसिंह कसीलगायतले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको स्पष्ट पारे ।

सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न लागेको भन्दै केही दिनअघि संसद्मा प्रतिपक्षी एमालेका सांसदले चर्को विरोध गरेका थिए ।