उपसभामुख चुन्न संसदमा आज चुनाव, गठबन्धन स्पष्ट बहुमतमा
काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयन गर्न आज मतदान हुँदैछ । बिहीबार उम्मेदवार मनोनयन गराएको संसद् सचिवालयले शुक्रबार मतदान कार्यक्रम तय गरेको हो ।
संसद् सचिवालयले जारी गरेको उपसभामुखको निर्वाचन कार्यतालिकामा शुक्रबार दिउँसो ३ बजेबाट मतदान सुरु हुने उल्लेख छ ।
उपसभामुखका लागि सत्तासाझेदार दल र एमालेका सांसदबीच द्विपक्षीय प्रतिस्पर्धा हुँदैछ । सत्ता साझेदार दलले पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा नभएका तर संसदमा प्रतिनिधित्व गर्ने अन्य दलले भने उम्मेदवारी दिएका छैनन् ।
तीन वर्षअघि शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो । लामो समय रिक्त पद पूर्तिका लागि बुधबार मात्रै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । त्यसमध्ये निलम्बनमा परेका चारजनाले मत जायर गर्न पाउने छैनन् । बराबरी भएको स्थितिमा बाहेक सभामुखले पनि मतजाहेर गर्न पाउने छैनन् । त्यसैले संसदमा मताधिकार प्रयोग गर्न पाउने सांसदको संख्या २६६ छ ।
जसमा सत्तारूढ दलतर्फ कांग्रेसका ६३, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी १५५ सांसद छन् । महन्थ ठाकुर नेतृत्वको दलले पनि गठबन्धनका साझा उम्मेदवारलाई मत दिने भएको छ ।
एमालेसँग ९८ सांसद छन् । उसलाई राप्रपा, नेमकिपा र एक स्वतन्त्र सांसदले साथ दिने भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया