जुम्लामा घर भासियो, आमा र दुई छोराको मृत्यु
काठमाडौं । जुम्लाको घर भाँसिदा आमा र दुई छोराको मृत्यु भएको छ । हिमा गाउँपालिका–१, आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत् गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको हो ।
गएराति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्य छन् ।
विमला विद्युत् गृहका चौकीदार गोरेकबहादुरको श्रीमती हुन् । उनीहरू विद्युत् गृहभित्र सु्तिरहेका थिए ।
तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया