सिसिटिभी प्रकरणमा मुछिएका दुई सचिवलाई जिम्मेवारीबाट हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको विवादित सिसिटिभी प्रकरणमा मुछिएका दुई सचिवलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको हो ।
अधिवक्ताहरू सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्न र सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सो प्रकरणमा मुछिएपछि जनार्दन शर्माले भने अर्थमन्त्रीबाट राजनीनामा दिइसकेका छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया