ललित मोदीसँग सम्बन्धमा रहेको चर्चापछि सुस्मिता सेनले यस्तो प्रतिक्रिया दिइन्
काठमाडौं । मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनले ललित मोदीसँग सम्बन्धमा रहेको विषयमा आफ्नो मौनता तोड्दै यस सम्बन्धमा पर्याप्त स्पष्टीकरण दिइसकेको बताएकी छन् ।
सुस्मिता सेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म अहिले खुसी छु । बिहे गरेको छैन, इन्गेजमेन्ट पनि भएको छैन । मात्र प्रेमले घेरिएको छु । यसबारे पर्याप्त स्पष्टीकरण दिइसकेको छु । अब म आफ्नै काम र जीवनमा फर्किन्छु ।’
आइपिएलका संस्थापक ललित मोदीले बिहीबार साँझ ट्वीटर र इन्स्टाग्राममा सुस्मिता सेनसँग डेटमा रहेको बताएका थिए । उनले यसबारे सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया