कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु
भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् ।
पैदल र प्याडलमैत्री सहर मुख्य नारासाथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रेपलाञ्चोकको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबास्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए ।
च्यालेन्जमा ५० किलोमिटरमा आठ महिलासहित १३८, ७५ किलोमिटरमा दुई महिलासहित ४७, १०० किलोमिटरमा तीन महिलासहित १०७ र अन्य ३०० भन्दा बढीको सहभागिता छ ।
कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया