भक्तपुरमा घरभित्रै जलेको शव भेटियो

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ ।
आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवपरीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया