NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।