स्वास्थ्यकर्मीहरू नै धमाधम कोरोनाबाट संक्रमित
काठमाडौं । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सवभेरियन्ट विए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् ।
काठमाडौंको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ ।
वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ६, सहिद शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सिभिल अस्पताल र र धुलिखेल अस्पतालमा एक–एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया