सरकारसँग प्रदीप ज्ञवालीकाे गुनासाे, मूल्यवृद्धिले मेरै घरमा दुईथरी तरकारी पाक्ने अवस्था छैन
काठमाडौं । एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अचाक्ली मुल्यवृद्धिका कारण जनताको चुल्हो बल्ने अवस्था नभएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एमालेको उपभोक्ता हित संरक्षण तथाा सुशासन विभागले सोमबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै मूल्यवृद्धिले आफ्नै घरमा दुई थरी तरकारी पाक्ने अवस्था नभएको बताए ।
‘महँगी र मूल्यवृद्धि अचाक्ली बढेको छ । मेरै घरमा दुईथरी तरकारी पाक्ने अवस्था छैन’, ज्ञवालीले प्रश्न गरे, ‘सांसद छु, मन्त्री भएँ । एक छाक तरकारीमा सम्झौता गर्नुपर्ने अवस्था छ । जनताको अवस्था कस्तो होला ?’
गठबन्धन सरकाले क्रितिम मूल्यवृद्धि गरेको आरोप लगाउँदै उनले सरकारको कारण आम उपभोक्ता मर्काका परेको जिकिर गरे ।
सरकारको गत क्रियाकलापका कारण मुलुक कुशासन र संकटतर्फ जानबाट जोगान गभर्नरले रोक्न खोज्दा चौतर्फी हमला भएको बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया