डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलरकै १२८.२६ रूपैयाँ
काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी एक डलरको भाउ खरिददर १२७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रूपैयाँ २६ पैसा कायम भएको छ ।
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । मंगलबारको सुरुवाती कारोबारमा भारु पनि इतिहासकै कमजोर बन्दै प्रतिडलर ८०.०५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८७ रूपैयाँ २३ पैसा कायम भएको छ । यसको बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८४ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९१ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९१ रुपैयाँ ८७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ २८ पैसा पुगेको कायम भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया