डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलरकै १२८.२६ रूपैयाँ

काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी एक डलरको भाउ खरिददर १२७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रूपैयाँ २६ पैसा कायम भएको छ ।
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । मंगलबारको सुरुवाती कारोबारमा भारु पनि इतिहासकै कमजोर बन्दै प्रतिडलर ८०.०५ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८७ रूपैयाँ २३ पैसा कायम भएको छ । यसको बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८४ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९१ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९१ रुपैयाँ ८७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ २८ पैसा पुगेको कायम भएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया