१५ सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरूको सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार संघीयका चार सहसचिवलाई अन्य निकायमा सरुवा गरिएको छ । त्यहाँबाट सरुवा हुनेमा सहसचिव प्रदीप परियार, प्रकाश पौडेल, सेसकान्त पोखरेल र सेवन्तराज दाहाल रहेका छन् । परियारलाई सहरी विकास मन्त्रालय, पौडेललाई रक्षा मन्त्रालय, पोखरेललाई सञ्चार तथा सचना प्रविधि मन्त्रालय र दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुरमा सरुवा गरिएको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तानिएको छ ।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाई खानेपानी मन्त्रालय पठाइएको छ । अर्कोतर्फ युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिकामा सरुवा गरिएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई वीरगञ्ज महानगरपालिकामा सरुवा गरिएको छ ।
भौतिक पूर्वाधार यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवा गरिएको छ ।
त्यस्तै, राष्ट्रिय समावेशी आयोगका शिवकुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ । सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया