सर्वोच्च तानिए विवादित जिल्ला न्यायाधीश अधिकारी

काठमाडौं । बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च अदालत तानिएका छन् । अधिकारीविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेपछि न्याय परिषद्ले छानबिनका लागि सर्वोच्च तानेको हो ।
आर्थिक स्वार्थ हेरेर न्याय सम्पादन गरेको बेहोराको उजुरी परेपछि थप अनुसन्धानका लागि उनलाई सर्वोच्च अदालतमा तानिएकाे न्याय परिषद् स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले यसअघि पनि अधिकारीले गरेको न्याय सम्पादनमाथि पटकपटक प्रश्न उठाएको थियो । उसले सचेत नभई यान्त्रिक ढंगले काम गरेको टिप्पणी गरेको थियो ।
अधिकारी सप्तरी जिल्ला अदालतमा छँदा पनि घुस लेनदेनमा मुछिएका थिए । छानबिनका क्रममा उनको खातामा स्रोत नखुलेको ८ लाख रूपैयाँ भेटिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको इजलासले त उनलाई बर्खास्त गर्न सिफारिस गरेकाे थियाे । तर त्याे सिफारिस कार्यान्वयन भएन ।
जानकारहरू तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रभावमा पारेर अधिकारी आफूमाथिको कारबाही रोक्न सफल भएको बताउँछन् ।
न्याय परिषद् समय निकै सक्रिय देखिएको छ । उसले ११ दिनमा मात्रै ११ न्यायाधीश बर्खास्त गरेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया