कांग्रेसको प्रमुख सचेतक र सचेतकमा नयाँ अनुहार
काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा संसदीय दलकाे प्रमुख सचेतक र सचेतकमा नयाँ अनुहारलाई अवसर दिएको छ । संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले प्रमुख सचेतकको जिम्मेवारी चित्रलेखा यादव र सचेतकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका हुन् ।
यस अघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् । सचेतक पुष्पा भुसाल उपसभामुख छिन् । यसैले दुवै रिक्त पदमा देउवाले चित्रलेखा र विश्वकर्मालाई अवसर दिएका हुन् । यी दुवैजना सभापति देउवा निकटका हुन् ।
चित्रलेखा यस अघि उपसभामुख र पार्टीको केन्द्रीय कोषाध्यक्ष भइसकेकी छिन् । विश्वकर्मा पूर्व मन्त्री एवं सांसद हुन् । विश्वकर्मा देउवाका विश्वासिला नेतामध्येमा पर्छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया