NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

लेवान्डोस्कीले गरे बार्सिलोनासँग सम्झौता

काठमाडौं । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले स्पेनिस फुटबल क्लब बार्सिलोनामा औपचारिक रुपमा अनुबन्ध भएका छन् ।

बार्सिलोनाले लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ वर्षीय लेवान्डोस्कीलाई बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका हुन् ।

उनले जर्मन क्लब बायर्न म्युनिखबाट यसैहप्ता बार्सिलोना आउने पक्का गरेका थिए । तर, औपचारिक सम्झौता भने भएको थिएन ।

लेवान्डोस्की २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न गएका थिए ।

बायर्नबाट उने च्याम्यिन्स लिगसँगै प्रायः सबै उपाधि जितिसकेका छन् ।

बायर्नका लागि उनले ३७४ खेलमा ३४४ गोल गरेका छन् । यो निकै राम्रो तथ्यांक हो ।

लेवान्डोस्की र बार्सिलोनाबीच सम्झौता कहिले ?