लेवान्डोस्कीले गरे बार्सिलोनासँग सम्झौता
काठमाडौं । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले स्पेनिस फुटबल क्लब बार्सिलोनामा औपचारिक रुपमा अनुबन्ध भएका छन् ।
बार्सिलोनाले लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
३३ वर्षीय लेवान्डोस्कीलाई बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका हुन् ।
उनले जर्मन क्लब बायर्न म्युनिखबाट यसैहप्ता बार्सिलोना आउने पक्का गरेका थिए । तर, औपचारिक सम्झौता भने भएको थिएन ।
लेवान्डोस्की २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न गएका थिए ।
बायर्नबाट उने च्याम्यिन्स लिगसँगै प्रायः सबै उपाधि जितिसकेका छन् ।
बायर्नका लागि उनले ३७४ खेलमा ३४४ गोल गरेका छन् । यो निकै राम्रो तथ्यांक हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया