अर्थमन्त्रीमाथि छानबिन गर्न १० दिनले पुगेन, थप ७ दिनको समय माग
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संग्लग्न सिसिटिभी प्रकरणमाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले थप ७ दिनको समय माग्ने निर्णय गरेको छ । तोकिएको समयमा काम नसक्ने निश्चित भएपछि थप समय मागिएको हो ।
समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि सभामुख सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएकोमा आज आठौं दिन बितिसककेो छ ।
सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको स्रोतले जनाएको छ ।
समितिले हालै सो प्रकरणको समाचार लेख्ने पत्रकारहरूको समेत बयान लिएको थियो । अझै थप व्यक्तिको बयान लिन बाँकी रहेकाले समय थपिएको बताइएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया