अर्थमन्त्रीमाथि छानबिन गर्न १० दिनले पुगेन, थप ७ दिनको समय माग

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा संग्लग्न सिसिटिभी प्रकरणमाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले थप ७ दिनको समय माग्ने निर्णय गरेको छ । तोकिएको समयमा काम नसक्ने निश्चित भएपछि थप समय मागिएको हो ।
समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि सभामुख सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएकोमा आज आठौं दिन बितिसककेो छ ।
सिसिटिभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको स्रोतले जनाएको छ ।
समितिले हालै सो प्रकरणको समाचार लेख्ने पत्रकारहरूको समेत बयान लिएको थियो । अझै थप व्यक्तिको बयान लिन बाँकी रहेकाले समय थपिएको बताइएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया