जब मोबाइल बनाउने बहानामा काठमाडौंकी किशोरीलाई महेन्द्रनगर पुर्याइयो

कञ्चनपुर । मोबाइल बनाउने बहाना बनाएर एक किशोरीलाई काठमाडौंबाट महेन्द्रनगर पुर्याइएको पाइएको छ ।
काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजाने प्रयोजनका लागि किशोरीलाई महेन्द्रनगर पुर्याइएको खुलेको छ ।
महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाइ ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ ।
काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।
‘काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए,’ साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, ‘किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।’
किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया