समितिसमक्ष जनार्दनको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश दिएको कुरा झुटो हो

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिसमक्ष बयान दिएका छन् ।
अनधिकृत व्यक्तिलाई बजेटमा पहुँच दिएर करको दर तलमाथि गरिएको आरोप थेग्न नसकेर बहिर्गमन रोजेका शर्माले शुक्रबार बिहान समितिसमक्ष बयान दिएका हुन् ।
बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको जिकिर गरेका छन् ।
स्रोतका अनुसार, शर्माले बजेट निर्माणका बेला मन्त्रालयका आधिकारिक व्यक्तिबाहेक कोही पनि सहभागी नरहेको बताएका छन् । स्थापित मूल्य, मान्यता, विधि, पद्धति अवलम्बन गरेर बजेट बनाइएको पनि शर्माले प्रष्ट पारेका छन् ।
आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक हुने अघिल्लो दिन शर्माले असम्बन्धित व्यक्तिलाई अनधिकृत रूपमा प्रवेश गराएर करका दर तलमाथि पारेको समाचार सार्वजनिक भएको थियो ।
आफूमाथि लागेको आरोप निराधार रहेको जिकिर सुरुदेखि नै गरे पनि चौतर्फी दबाबपछि उनले २२ असारमा पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय समिति बनेको थियो । समितिलाई यसबारे अनुसन्धान गरेर प्रतिवेदन दिने कार्यादेश छ ।
यो प्रकरणमा छानबिनका लागि समितिलाई १० दिनको समय दिइएको थियो । तर समय नपुगेपछि थप सात दिन माग गरिएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया