पलाैता गाउँपालिकाले माग्यो ५१ कर्मचारी

काठमाडौं । कालिकाेटकाे पलाैता गाउँपालिकाले ५१ जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले पालिकाअन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुका लागि कर्मचारी माग गरेको हो ।
अस्पतालले हेल्थ अस्सिटेन्स १ जना, स्टार्फ नर्स १, ल्याब टेक्निसियन १, फार्मेसि सुपरभाइजर १, रेडियो ग्राफर १, अ.हे.ब १२, अ.न.मी १४, ल्याब अस्सिटेन्ट १, कार्यालय सहयोगी १०, प्रसूति सहयोगी ७ र सुरक्षा गार्ड २ जना माग गरेको छ ।
पालिकाले स्वास्थ्य तथा प्रशासनिक सेवाका लागि कर्मचारी आव्हान गरेको जनाएको छ । अस्पतालका अनुसार इच्छुक नागरिकले सूचना जारी भएको ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचना:
प्रतिक्रिया