खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए

काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका उनलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादीमा रहेका शाही पार्टीले टिकट नदिएका कारण स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका थिए ।
शाही फर्किएसँगै एकीकृत समाजवादीको स्थानीय तहमा एकसिट बढेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया