भारतले पायो आदिवासी समुदायबाट पहिलो राष्ट्रपति
काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रोपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनबाट उम्मेदवार बनेकी उनी यशवन्त सिन्हावालई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा विजयी बनेकी हुन् ।
भारतीय सञ्चारमाध्यमहरूले मुमूले ७२ प्रतिशत मत हासिल गरेको जनाएका छन् ।
मुर्मू देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी हुन् ।
उनी उडिसा राज्यकी हुन् । दशकौंदेखि भारतीय जनता पार्टी भाजपामा आबद्ध ६४ वर्षीया मुर्मू पूर्वशिक्षक पनि हुन् । यसअघि उनी झारखण्डकी राज्यपाल थिइन् ।
भारतका अहिलेका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन्छ ।
सन् १९५८ को जुन २० मा मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा जन्मिएकी द्रौपदीले सन् १९९७ देखि राजनीतिमा प्रवेश गरेकी हुन् ।
उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ । उनका बुवा ग्राम परिषद्का प्रमुख थिए । उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन पछि उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम सुरु गरेकी थिइन् ।
उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया