NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतले पायो आदिवासी समुदायबाट पहिलो राष्ट्रपति

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रोपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनबाट उम्मेदवार बनेकी उनी यशवन्त सिन्हावालई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा विजयी बनेकी हुन् ।

भारतीय सञ्चारमाध्यमहरूले मुमूले ७२ प्रतिशत मत हासिल गरेको जनाएका छन् ।

मुर्मू देशको सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी हुन् ।

उनी उडिसा राज्यकी हुन् । दशकौंदेखि भारतीय जनता पार्टी भाजपामा आबद्ध ६४ वर्षीया मुर्मू पूर्वशिक्षक पनि हुन् । यसअघि उनी झारखण्डकी राज्यपाल थिइन् ।

भारतका अहिलेका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन्छ ।

सन् १९५८ को जुन २० मा मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा जन्मिएकी द्रौपदीले सन् १९९७ देखि राजनीतिमा प्रवेश गरेकी हुन् ।

उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ । उनका बुवा ग्राम परिषद्का प्रमुख थिए । उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन पछि उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम सुरु गरेकी थिइन् ।

उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन् ।

ताजा अपडेट

नेपालवाच विशेष