हेटौंडामा प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गरे
हेटौंडा । हेटाैंडामा सुरू भएकाे नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसनिकट पत्रकारकाे संगठन प्रेस युनियनले याे महाधिवेशनमार्फत् नयाँ नेतृत्व छनाेट गर्नेछ । महाधिवेशनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा सहभागी भएका छन् ।
प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू निर्वाचनमा सहभागी हुँदैछन् ।
महाधिवेशनमा देशभरबाट १६३० प्रतिनिधि सहभागी भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया