भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई लाग्दा ३ को मृत्यु
काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई लाग्दा ३ जनाको मृत्यु भएको छ । दिउँसो १२ बजेतिर ढलेको सल्लाकाे रुखले लाग्दा अन्य १२ जना घाइते भएका छन् ।
मृतकमध्ये एकजना नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुर प्रहरीले जनाएको छ । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।
घाइतेहरुको भक्तपुरका इवामुरा अस्पताल र भक्तपुर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।
ढलेको रुख सडकबाट हटाउन नेपाली सेना खटिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया