थप ३४७ जनामा कारोना भाइरस पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कारोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३६० पीसीआरमा र एक हजार ५२८ एन्टिजेन परीक्षण गर्दा ३४७ जनामा कारोना देखिएको हो ।
शनिबार ३३५ जनामा कोरोना देखिएको थियो । त्यस्तै आइतबार कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने २४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । सोही अवधिमा ७८ हजार २२८ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७७ जना सक्रिय संक्रमितको रहेका छन् । शनिबार सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको मन्त्रलयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया