कमल थापाले ‘गाई’ पाए
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने भएको छ ।
सर्वाेच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्दै राप्रपा नेपालको पक्षमा फैसला गरेको नेता लाक्पा तामाङले जानकारी दिए ।
‘अब राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ । यो हामी सबैको ऐतिहासिक राजनीतिक जित हो । सहयोगी सम्पूर्णमा मुरीमुरी धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि गत असार ३१ मा पनि सर्वोच्चले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अहिले अन्तरिम आदेश दिएको हो ।
अध्यक्ष थापाले चुनाव चिह्न ‘गाई’ माग्दै अदालतमा रिट दायर गरेका थिए ।
पहिले पनि राप्रपा एकीकरणअघि राप्रपा नेपालको चुनाव चिन्ह गाई नै थियो । पछि राप्रपासँग एकता भएपछि हलो चिन्ह भएको थियो । राप्रपाबाट फुटेर राप्रपा नेपाल ब्युँताएका थापाले पुनः गाई चिन्ह पाउन सफल भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया