कमल थापाले ‘गाई’ पाए

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने भएको छ ।
सर्वाेच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्दै राप्रपा नेपालको पक्षमा फैसला गरेको नेता लाक्पा तामाङले जानकारी दिए ।
‘अब राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ । यो हामी सबैको ऐतिहासिक राजनीतिक जित हो । सहयोगी सम्पूर्णमा मुरीमुरी धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि गत असार ३१ मा पनि सर्वोच्चले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अहिले अन्तरिम आदेश दिएको हो ।
अध्यक्ष थापाले चुनाव चिह्न ‘गाई’ माग्दै अदालतमा रिट दायर गरेका थिए ।
पहिले पनि राप्रपा एकीकरणअघि राप्रपा नेपालको चुनाव चिन्ह गाई नै थियो । पछि राप्रपासँग एकता भएपछि हलो चिन्ह भएको थियो । राप्रपाबाट फुटेर राप्रपा नेपाल ब्युँताएका थापाले पुनः गाई चिन्ह पाउन सफल भएका छन् ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया