बलिउड कलाकार क्याट्रिना र विक्की कौशललाई ज्यान मार्ने धम्की
काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले आफू र आफ्नी श्रीमती एवं अभिनेत्री क्याट्रिना कैफलाई ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीमा उजुरी दिएका छन् ।
उनले श्रीमती क्याट्रिनालाई एक व्यक्तिले सामाजिक सञ्जालमा केही दिनदेखि लगातार पछ्याइरहेको र त्यही व्यक्तिले आफूलाई समेत धम्की दिएको भन्दै उनी प्रहरीकोमा पुगेका हुन् ।
प्रहरीले साइबर अपराधविरुद्ध सामाजिक सञ्जालको जाँच गरेर आरोप लागेका व्यक्तिसमक्ष पुग्ने जनाएको छ । अर्कोतर्फ, धेरै मिडियाहरुले धम्की दिने व्यक्तिको नाम आदित्य राजपूत रहेको जनाएका छन् । तर प्रहरीले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
केही दिनअघि अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की पनि आएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया