पहिले देश टुक्र्याउने चेतावनी, अहिले शान्ति खोज्दै तपोवन !

काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दामा लागेका थिए डा. सिके राउत । सो बेला उनले तराईलाई अलग्गै देश बनाउन हिंसात्मक आन्दोलन गर्नेसमेत चेतावनी दिने गरेका थिए ।
तर, राउत ०७५ मा हिंसाको बाटो त्यागेर शान्ति पक्रियामा आए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्ति सम्झौता गरेका राउतले त्यसपछि जनमत पार्टी गठन गरे । स्थानीय निर्वाचनमा पनि सहभागी भए ।
उनै राउत अहिले थप शान्ति खोज्दै काठमाडौंको उत्तर–पश्चिम क्षेत्रमा पर्ने ओशो तपोवन पुगेका छन् । त्यहाँ उनले नौ दिनसम्म ध्यान तथा तप गरेको उनीनिकट स्रोतले जनाएको छ ।
राउतले भोजन गरेपछि भाँडावर्तन सफा गरिरहेको तस्बिर यतिबेला बाहिरिएको छ ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया