NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नेपालमा कोरोना बढ्यो, एकको मृत्यु, ५६८ मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा करिब दुई हप्तादेखि कोभिड सङ्क्रमण बढिरहेकाे छ । गत २४ घण्टामा ५६८ जनामा कारोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८०० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । आइतबार ३४७ जनामा कारोना देखिएको थियो ।

त्यस्तै सोमबार ९५ जना संक्रमणमुक्त भएका छन् । आइतबार २ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने आज १ जनाले गुमाएका छन् । हिजो र आज गरी ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै गत २४ घण्टामा ३५३४ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ३ हजार १७७ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष