नेपालमा कोरोना बढ्यो, एकको मृत्यु, ५६८ मा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा करिब दुई हप्तादेखि कोभिड सङ्क्रमण बढिरहेकाे छ । गत २४ घण्टामा ५६८ जनामा कारोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८०० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । आइतबार ३४७ जनामा कारोना देखिएको थियो ।
त्यस्तै सोमबार ९५ जना संक्रमणमुक्त भएका छन् । आइतबार २ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने आज १ जनाले गुमाएका छन् । हिजो र आज गरी ३ जनाको मृत्यु भएको छ ।
त्यस्तै गत २४ घण्टामा ३५३४ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ३ हजार १७७ संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया