युरोप पठाउने ग्यास थप कटौती गर्ने रुसको घोषणा
काठमाडौं (एजेन्सी) । रुसले युरोपेली संघ (इयू) आबद्ध देशमा निर्यात गर्दै आएको ग्यास थप कटौती गर्ने भएको छ ।
रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले इयूअन्तर्गतका देशमा आपूर्ति हुँदै आएको ग्यास ठूलो मात्रामा कटौती गर्ने तयारी गरेको जनाएको छ ।
कटौतीको कारण ग्यास आपूर्ति हुँदै आइरहेको मुख्य पाइपलाइनको मर्मत भएको उसले बताएको छ ।
ग्याजप्रोमका अनुसार, नर्ड स्ट्रिम–१ पाइपलाइनको अर्को टर्बाइन बन्द हुनेछ । यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उसको भनाइ छ ।
नर्ड स्ट्रिम–१ पाइपलाइनबाट जर्मनीसम्म ग्यास पुर्याइँदै आएको छ ।
बिबिसीका अनुसार, २० प्रतिशतले ग्यासको आपूर्ति कम भएमा झण्डै आधा मात्र उपलब्ध हुनेछ ।
रुसले पाइप मर्मतको कारण देखाए पनि युरोपेली मुलुकले यसप्रति शंका व्यक्त गरेका छन् ।
जर्मन सरकारले ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ ।
बिबिसीका अनुसार, यो निर्णयले युरोपेली देशमा भण्डारणमा समस्या आउने छ ।
यसैबीच, रुसको ग्यास आपूर्ति कटौती गर्ने निर्णयपछि युरोपेली देशले यसको प्रयोग कम गर्न आह्वान गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया